सर्वोच्च अदालतमा दशैंमा बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ। सर्वोच्च अदालतमा दसैँ बिदामा बिहान ११:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म अदालत खुला रहने छ ।
सर्वोच्च अदालत प्रशासनले दशैं अवधिमा विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाएको छ ।
सर्बोच्च अदालतको सूचनामा भनिएको छ-‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’