सबै कम्युनिस्टहरु एउटै केन्द्रमा ध्रुवीकरण हुन आवश्यक

२०८२ आश्विन ९ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य चीरन सीले सबै कम्युनिस्टहरु एउटै केन्द्रमा ध्रुवीकरण हुन आवश्यक भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी धुलिखेल नगर समितिद्वारा बिहिबार आयोजित “वर्तमान परिस्थिति र हाम्रो दायित्व” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता चीरन सीले आजको परिस्थिति र जेन जी आन्दोलनको अवस्थाले राज्य, संविधान, सरकार र पार्टीहरु पनि पुनर्संरचना आवस्यक भएको बताउदै भने- ‘राष्ट्रिय स्वाधीनता सङ्कटमा छ त्यसैले सबै कम्युनिस्टहरु एउटै केन्द्रमा ध्रुवीकरण हुन आवस्यक छ । भ्रष्टाचार देशको मुख्य समस्या हो, कमिसन, कालोबजारी र तस्करीले देशलाइ कंगाल पारेकाले जेन जी पुस्ताले यो मुद्दालाई उठाएको छ । त्यसैले आज बिकास भएको बिज्ञान, प्रबिधि, सूचना – सन्चारलाई आत्मसात नगरी अघि बढ्न सकिँदैन ।’
उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नगर सेक्रेटरी अर्जुन पौडेल, नेकपा (एकीकृत समाजवादी) का नगर अध्यक्ष यादब कोइराला, नेपाली काङ्ग्रेसका नेता तथा धुलिखेल नगरपालिकाका उपमेहर – निराजन जङ्गम, नेकपा (एमाले) नेता तथा धुलिखेल नगर वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य, अर्का नेता सागर मिजार, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति माधब श्रेष्ठ, नगर कार्यपालिका सदस्य सन्जु तामाङ्ग, नागरिक समाज धुलिखेलका नेता तिर्थबहादुर लामा, मानव अधिकारवादी धुलिखेल का नेता नारायण केसीले आ आफ्नो बिचार राखेका थिए ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्ला इन्चार्ज बिन्दु सी, सेक्रेटरी जितबहादुर सी, नगर इन्चार्ज छत्र सी को समेत उपस्थिती भएको थियो । अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका धुलिखेल नगर सदस्य हेम सी, संचालन केन्द्रीय प्रतिनिधि समिती सदस्य परिभाषा सी ले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]