राज्य र संविधानको पुनर्संरचना अनिबार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य चीरन सीले राज्य, सरकार, संविधान, राजनीतिक पार्टी सबैको पुनर्संरचना हुनुपर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी पनौती नगर समितिद्वारा शुक्रबार आयोजित “वर्तमान परिस्थिति र हाम्रो दायित्व” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
नेता चीरन सीले जेन जी पुस्ताले उठाएको भ्रष्टाचार र स्थिरताको मुद्दालाई समाधान गर्न राज्य पक्ष एबम राजनीतिक पार्टीहरु गम्भीर हुने पर्ने कुरा बताए । उनले विभिन्न सामाजिक, राजनीतिक, आर्थिक र सास्कृतिक मुद्दाहरुमा केन्द्रीत भएर बिश्वभर जेन जी पुस्ताले आन्दोलन गरिरहेको बताउदै यो परिबेशमा राज्य, सरकार, राजनीतिक पार्टी र सबै सरोकारवाला मिलेर राज्य, सरकार, संविधान, राजनीतिक पार्टी सबैको पुनर्संरचना हुनुपर्ने बताए ।
नेता चीरन सीले सहि नीति, वस्तुनिस्ट विश्लेषण, सक्षम नेतृत्व सहित कम्युनिस्ट केन्द्रको आवस्यक भएको बताउदै भ्रष्टाचारको अन्त्य, जन एबम राष्ट्र उत्तरदायी सरकार सहित प्रतिगामन, वैदेशिक हस्तक्षेपका विरुद्ध र नेपाली बिशेषताको समाजवादमा जानुको बिकल्प नभएको बताए ।
उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष हस्तबहादुर तामाङ, नेकपा (एकीकृत समाजवादी) का नगर अध्यक्ष एबम पनौती नगरपालिका वडा न. १२ का अध्यक्ष जयराम केसी, यातायात महासङ्घका सदस्य पुरोस्त्तम श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्ला इन्चार्ज बिन्दु सी, सेक्रेटरी जितबहादुर सी, केन्द्रीय सदस्य ठाकुर सी, केन्द्रीय प्रतिनिधि सदस्य परिभाषा सी को समेत उपस्थिती रहेको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रताप सीको अध्यक्षता भएको उक्त कार्यक्रमको संचालन केन्द्रीय प्रतिनिधि समिती सदस्य राजेन्द्र सीले गरेका थिए ।