जेनजी आन्दोलनका घाइते लक्ष्मण राईको निधन

२०८२ आश्विन १३ गते, सोमबार


काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घाइते भएका लक्ष्मण राईको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार, यससँगै जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ। नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ निवासी लक्ष्मण राईको उपचारका क्रममा गएराति १२ बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। प्रदर्शनका क्रममा गम्भीर घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर भर्ना गरिएको थियो। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, हाल पनि विभिन्न अस्पतालमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार जारी छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु