आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौँ । आज अक्टोबर १ तारिख अर्थात अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । आज ३५औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विधि कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो। त्यसपछि विश्वभर आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ।
आज स्थानीय र विश्वव्यापी नेतृत्व गरेका वृद्ध व्यक्तिहरूको योगदानको चर्चा गरिन्छ। वृद्धवृद्धाहरूको आकांक्षा, उनीहरूको सुरक्षा र अधिकारका विषयमा छलफल हुन्छन्।
ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाउँदैछन्।