माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ। महाधिवेशन आयोजक कमिटीका संयोजक प्रचण्डले सो बैठक बोलाएका हुन्। बैठकले महाधिवेशनका लागि कार्यविधि बनाउने, मिति तय गर्ने तथा प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । असोज ९ र १० गते बसेको पार्टी केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
यसैगरी बैठकले प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो। सोही बैठकले पूर्वपदाधिकारीलाई सचिवालयमा रूपान्तरण गरेको थियो । यस्तै बैठकमा विपद्पछिको अवस्थाका बारेमा समेत बैठकमा छलफल हुनेछ ।