लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको ठोकुवा गर्दै लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री बनेको बताए। भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
निवर्तमान प्रधानमन्त्री ओलीले शर्त राखेर मात्रै वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएको ठोकुवा गर्दै भने- ‘अहिले देशको परिस्थिति असाधारण, असमान्य रहेको छ किनभने देशमा सरकार छ। संधिवान अनुसार बनेको छैन। बलमिच्याइँले बनेको छ।’ अहिलेकी प्रधानमन्त्रीले प्रधानमन्त्री बन्न संसद् विघटनलाई सर्त राखेको समेत उनले बताए। ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शपथग्रहण गरेर तुरुन्तै संसद् भंग गर्ने शर्त राख्नु भयो । ’
निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेका प्रधानमन्त्री कार्की प्रधानमन्त्री बन्नका लागि शर्त राखेर आउको बताउदै भने- ‘संसद् तुरुन्तै शपथ ग्रहण गरेर भंग गर्छु। तब मात्रै प्रधानमन्त्री बन्छु नभए जेनजीले आगो बाल्छु । ’
निवर्तमान प्रधानमन्त्री ओलीले संसद भंग गर्ने पूर्वशर्त राखेर सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य गरेर प्रधानमन्त्री कार्की आएको ठोकुवा गरे । – हुनु भयो।’
लोकतन्त्रको जग भत्काउने जगमा सुशीला कार्की प्रधानमन्त्री भएको उनले आरोप लगाएका छन् ।
‘के के व्याख्या गर्नुभयो छाडिदिउँ । तर, नेपालको संविधानले प्रष्ट भन्छ, पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्नै सक्दैन, प्रधानमन्त्रीमा त कुरै छाडिदिउ,’ ओलीको भनाइ छ, ‘तर, उहाँ सुरिनुभयो । तयो सुरिनका लागि उहाँ २३ गते जेनजी भनेर सडकमा उत्रनुभयो । २४ गते सडकमा उत्रनुभयो र के कामका लागि उत्रनुभयो ?’