कांग्रेस केन्द्रीय समिति बैठकमा देउवा पनि सहभागी हुने

२०८२ आश्विन २८ गते, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुने बताइएको छ । सभापति शेरबहादुर देउवा पनि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि बाहिर नदेखिएका देउवा बैठकमा सहभागी हुने भएका हुन् ।
बैठकमा पेश गर्ने एजेण्डामा सहमति नजुटेका कारण त्यसअघि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। शीर्ष नेताहरूबीच केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा सहमति जुट्न सकेको छैन।
एजेण्डामा सहमति नजुटेका कारण यसअघि आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक आजको लागि सारिएको थियो।
मंगलबार नै पार्टीको विशेष महाधिवेशनका निम्ति हस्ताक्षरसहितको प्रस्ताव दर्ता हुँदैछ । प्रस्ताव दर्ता गर्ने म्याद बिहान १० बजेसम्मका लागि थपिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]