कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै आधा दर्जनभन्दा रिट निवेदन पेस

२०८२ आश्विन २८ गते, मंगलवार


काठमाडौँ । सर्वोच्च अदालतमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै आधा दर्जनभन्दा बढी रिट निवेदन पेस भएका छन् । मंगलबार दिउँसोसम्म पेस भएका रिट निवेदनमा मुख्यतः दुईवटा माग देखिन्छन् ।
रिट निवेदनमा प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाले पुनर्स्थापनाको आदेश होस् भन्ने माग गरिएको बताइएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, पेस भएका रिट निवेदनहरू रुजु गर्ने काम भइरहेको छ । त्यसपछि क्रमैसँग ती निवेदनको दर्ता गरिने उनले बताए ।
प्रवक्ता कोइरालाले रिट निवेदनहरू दर्ता भएपछि तत्काल सुनुवाइ हुने बताए । सरकार गठन र प्रतिनिधिसभा विघटन जस्ता पछिल्ला राजनीतिक घटनाक्रमसँग सम्बन्धित निवेदनहरू मात्रै अहिलेसम्म दर्ता भएको छ ।
ती निवेदनहरूलाई फरकफरक रूपमा सम्बोधन गर्नुभन्दा संकलन गरेर एकसाथ सुनुवाइ गर्ने सर्वोच्च अदालतको तयारी छ ।

प्रतिक्रियाहरु

[anycomment]