नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक स्थगित

२०८२ आश्विन ३० गते, बिहीबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आज बोलाएको केन्द्रीय कमिटीको भर्चुअल बैठक स्थगित गरेको छ । उपाध्यक्ष प्रकाश ज्वालाले बिहीबारका लागि तय भएको भर्चुअल बैठक स्थगित गर्दै कात्तिक १२ र १३ मा फिजिकल केन्द्रीय कमिटी बैठक बस्नेगरी तय गरेको जानकारी दिए । समाजवादी मोर्चामा रहेका दलहरूबिच एकताको गृहकार्य भइरहेका बेला सो पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको हो । एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग पार्टी एकताबारे मतभेद रहँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]