जेनजी विद्रोहमा ७६ जनाको मृत्यु

२०८२ कार्तिक १ गते, शुक्रबार


काठमाडौं । नेपाली सेनाले गत भदौ २३ र २४गते भएको जेन‍-जी आन्दोलनको क्रममा ७६ जनाको मृत्यु भएको र सो मध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ।
सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्।
आन्दोलनको कारण ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ रहेको उपरथी थापाको भनाइ छ।
जेन‍-जी पुस्ताका युवा, किशोर विद्यार्थीहरूले आह्वान गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा १९ र सुनसरीको इटहरीमा दुईजनाको मृत्यु भएको थियो।
विद्रोहका क्रममा ६८८ वटा सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यावसायिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी इकाइमा तोडफोड तथा आगजनी भएको सेनाले जनाएको छ। त्यस्तै, १५ हजार ५८८ जना कैदीबन्दी भागेका मध्ये हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको छ। सेनाको अनुसार, आन्दोलनका बेला हराएका ९७८ थान हतियारमध्ये ५८६ वटा फिर्ता भइसकेका छन्। सेनाले आगामी दिनमा बाँकी कैदी र हराएका हतियार खोजी तीव्र बनाइने बताएको छ।

प्रतिक्रियाहरु

[anycomment]