देउवा दम्पती सिंगापुर जाँदै

२०८२ कार्तिक ११ गते, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणासहित आज राति ९ बजे थप उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ ।
देउवा दम्पतीमाथि जेनजी आन्दोलनको दोस्रोदिन ( भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।
जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति त्यही दिन तोकेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]