एमालेको सचिवालय बैठक बस्दै

२०८२ कार्तिक १६ गते, शनिबार


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने बताइएको छ।
पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा मंसिर २७-२९ गतेसम्म पोखरामा हुने ११ औँ महाधिवेशनका लागि छनोटको विधि र संख्याबारे निर्णय हुनेछ। १० औँ महाधिवेशनका एक हजार पार्टी सदस्य बराबर तीन प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाइएको छ ।
यसपटक १२ सय बराबर तीन प्रतिनिधि छनोट गर्नेगरी सल्लाह भइरहेको छ। एमालेमा हाल ६ लाख ६३ हजार पार्टी सदस्य कायम छन्। यस्तै महाधिवेशनका लागि विभिन्न समिति तथा उपसमिति गठन र जनपरिचालनबारे आवश्यक निर्णय गर्नेछ। महाधिवेशनसँगै एमाले प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनपरिचालनको योजना ल्याउने रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]