नेपाल कम्युनिस्ट पार्टीद्वारा देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन

२०८२ कार्तिक १७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले शनिबार साँझ देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेको छ । देशमा देखिएको गम्भीर राजनीतिक अस्थिरताको अन्त्य र सर्वपक्षीय सरकार गठनको माग गर्दै सो पार्टीले देशव्यापीरुपमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
मसाल जुलुसमा सहभागी प्रदर्शनकारीहरुले सर्वपक्षीय अन्तरिम सरकार गठन गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद , अग्राधिकार सहितको समाजवादी संघीयता लागु गर , भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर , युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर , नेकपा जिन्दावाद लगाएतका नारा लगाएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीले जेन जी आन्दोलन पछि गठित वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै र देशलाई सही निकास दिन सर्वपक्षीय सहमति आवश्यक रहेको भन्दै देशव्यापी यो विरोध प्रदर्शन गरेको हो। सो पार्टीले मुलुकमा देखिएको संकटको समाधानका लागि सर्वपक्षीय सरकारको गठन अपरिहार्य रहेको भन्दै कार्तिक १३ गतेबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियोे ।
यसैबीच, नेकपाले कार्तिक २० गते काठमाडौँमा शक्ति प्रदर्शनसहित बृहत जनसभाको आयोजना गर्दैछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु