नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा तालाबन्दी !

२०८२ कार्तिक १७ गते, आईतवार


काठमाडौँ । कांग्रेस सुधार अभियान ( अन्डर-४०) ले नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको छ । अभियान सम्बद्ध समूहले पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षै घेरा तोडेर पार्टी कार्यालयको गेटसम्म पुगेर केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको हो ।
उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका थिए । पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नाराबाजी गरिरहेका छन् ।
उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् ! आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस् !’ लगायतको नारा लगाएका छन् । जेन-जी आन्दोलनमा पार्टी कार्यालय जलाइएसँगै कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाउनुका साथै कसैलाई पनि जाँचबीना प्रवेश रोकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]