भारतीय सिमा नाका तीन दिनका लागि बन्द
काठमाडौँ । कोशी प्रदेशस्थित भारतीय सिमा नाकाहरु तीन दिनका लागि बन्द भएका छन्। आगामी मंगलबार भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विद्यान सभा निर्वाचनका लागि विराटनगर जोगबनीसहितका सिमा नाकाहरु शनिबारदेखि मंगलबारसम्म नाका बन्द भएका हुन । २५ कात्तिक मा हुने बिहार विद्यान सभाको दोस्रो चरणको निर्वाचनका लागि भारतको विहार राज्य र नेपालको कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँग जोडिएका सिमावर्ती नाकाहरु शनिबारदेखि मंगलबारस सम्मका लागि नेपाल भारत दुबैतर्फ पुर्ण रुपमा बन्द गरिएको हो ।
निर्वाचनलाई सुरक्षित बनाउन भारतीय पक्षको आग्रहमा शनिवारदेखी मंगलबार साँझ सम्मका लागि जोगबनी नाका मात्र नभएर बिहार राज्यसँग जोडिएका कोशी प्रदेशका तराईका झापा, मोरंङ र सुनसरी जिल्लाका सबै स्थानका नाकाहरु पुर्ण रुपमा बन्द भएको जनाएको छ ।
मोरङ प्रशासनका अनुसार निर्वाचनलाई शान्तिपुर्ण बनाउन सुरक्षाका लागि विराटनगर जोगबनी सहित सबै झापा , सुनसरी र मोरङमा रहेका नाकाहरु २०२५ नोभेम्बर ८ (कात्तिक २२) बिहान ६ बजेबाट तीन दिनका लागि नेपाल र भारत दुबै पक्षले सील गरेका हुन ।
