एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाल संयोजक
काठमाडौँ । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछिनेकपा एकीकृत समाजवादी पुनर्गठन भएको छ। सो पार्टीको संयोजकमा घनश्याम भूसाललाई तोकिएको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए । शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको एक नेताले बताए । सो बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
भूसालले गत शुक्रबार नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सहकार्य गर्ने सहमति जनाएका थिए ।
