देउवा दम्पत्ति स्वदेश फर्कदै
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति सिंगापुरबाट स्वदेश फर्कदैछन् । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा पत्नि आरजु राणा देउवासहित कात्तिक १० गते थप उपचारका सिंगापुर प्रस्थान गरेका थिए । उनीहरू दुबै जनाले शुक्रबारका लागि नेपाल फर्कने टिकट लिएका छन ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । त्यसपछि उनीहरूको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो । ।
