नेकपा एमाले जनप्रदर्शन तथा सभा गर्दै
काठमाडौँ । नेकपा एमालेले आज जनप्रदर्शन तथा सभा गर्दैछ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभा आज बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।
एमालेले प्रतिनिधिसभा विघटनका विरुद्ध र सुशीला कार्की नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको आरोप लगाउँदै विरोध कार्यक्रम गर्दै आएको छ। यसअघिको चरणमा कात्तिक २२ गते वडास्तरीय भेला, २५ गते पालिकास्तरीय र २९ गते जिल्लास्तरीय प्रदर्शन सम्पन्न गरेको थियो।यस्तै, एमालेले मंसिर ५ गते सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय ‘नेशनल भोलेन्टियर्स फोर्स’ गठन गरेको घोषणा गरेको छ।
