पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर बिहिबार रिहा भएका छन । जिल्ला अदालतको आदेशले थुनामा पुगेका महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेपछि नगद धरौटी बुझाएर रिहा भएका हुन् । उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिएको हो ।
सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असोज २६ मा पक्राउ गरेको थियो । असोज २९ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि त्यसविरुद्ध महरा उच्च अदालत गएका थिए ।
