क्यानका महानिर्देशक अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ मंसिर १८ गते, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेका नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अधिकारी लगायत ६ जना र उमा एण्ड कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। मुद्दामा अधिकारी लगायत अभियुक्तसँग १३ करोड ९७ लाख ४६ हजार २१३ रुपैयाँ विगो माग गरिएको छ। मुद्दा दायर गरिएका ६ मध्ये ५ जना क्यानका कर्मचारी र एक जना कम्पनीका सञ्चालक रहेका छन्।
अख्तियारले मुद्दा दायर गर्नुअघि अधिकारीका अलावा क्यानका निर्देशक मुरारी भण्डारीलाई पनि पक्राउ गरेको थियो। भण्डारी क्यानका इन्जिनियरिङ विभाग प्रमुख हुन्।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रधानमन्त्री सुशीला कार्कीले ग्रिन सिग्नल दिएपछि अधिकारी र भण्डारी पक्राउ परेका हुन्।क्यानले नलिन्चोकको ३२ रोपनी जग्गामा १५ करोड रुपैयाँ खर्च गरेर निर्माण गरेको हेलिप्याड २०८१ असार ७ गतेबाट सञ्चालनमा आएको थियो।

प्रतिक्रियाहरु

[anycomment]