‘चुनावलाई संघर्षको मोर्चा बनाएर प्रयोग गर्दैछौं’

२०८२ मंसिर २६ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का पोलिटब्युरो सदस्य शितल सीले आफ्नो पार्टीले चुनावलाई संघर्षको मोर्चा बनाएर प्रयोग गर्न लागेको बताएका छन। नेकपा (माओवादी) दाङले तुलसीपुरमा आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता शितल सीले जेन-जी आन्दोलनपछि अमेरिकी साम्राज्यवादले नेपालमा खतरनाक नयाँ शासक सत्तामा ल्याएको बताउदै भने- ‘जेन-जी विद्रोहले पुराना शासकलाई अपदस्त गरेपनि अमेरिकी साम्राज्यवादले नयाँ पुरानाभन्दा बढि खतरनाक शासकलाई नेतृत्वमा पुर्याएको छ । यो सरकार जेन-जीको पक्षमा छैन् , यो गैरदलिय सरकार हो । हाम्रो पार्टीको कुरा यो सरकारको विकल्पमा सर्वपक्षीय अन्तरिम सरकार निर्माण गर्नुपछ भन्ने हो । सर्वपक्षीय सरकारले संविधान शंसोधन , पुनर्लेखन , भ्रष्टाचारीलाई कार्वाही गर्दै चुनावतिर जानुपर्छ।’
नेता शितल सीले राज्यको पुनर्संरचना गर्नुपर्ने , संविधानको पुनर्लेखन गर्दै नेपाली विशेषताको समाजवाद स्थापना गर्दा अहिलेको संकटको निकास हुने बताउदै भने- ‘संसदीय दलाल पुजीवादी राज्यसत्ता कायम छ। यो सत्ताले यहीँ व्यवस्थाको रक्षा गर्न चुनाव गराउँदैछ । हामीले चुनावलाई संघर्षको मोर्चा बनाएर प्रयोग गर्दैछौं । चुनावबाट जनतालाई समाजवादको पक्षमा एकतावद्ध , गोलबन्द गर्दै अगाडी बढ्ने हो ।’
प्रचण्ड-माधवहरुको एकता होइन् , त्यो चुनावी गठजोड मात्रै हो । प्रचण्डहरु आजभोली अलि बढि हल्लाखल्ला गर्दैछन् त्यो उनको छट्पटी मात्रै हो । माओवाद त्यागेर एकता माधवहरुसंग एकता गरेपछि जनयुद्धमा बलिदान गरेका पाखापखेराहरुले समेत धिक्कार्दै छन् । सहिद परिवारको आक्रोश उस्तै छ । माओवाद त्याग्नेहरुसंग सती जान सकिएन । हामी र हाम्रो नेतृत्व एकताविरोधी होइन् तर एकता गर्दा विचार , निति , नेतृत्वको विषय नटुङ्याएर गरिने एकता टिक्दैन , त्यो केवल स्वार्थी गठजोड हो । प्रचण्ड-माधवहरुको हल्लाखल्लापनि धेरै टिक्दैन , त्यो स्वार्थ प्रेरित झुण्ड हो।’
नेता शितलले नेपालमा देश र जनताको विरुद्ध कुनैपनि घात नगरेका पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मात्रै भएको बताउदै भने- ‘हाम्रा नेताकार्यकर्ता गाउँगाउँमा गएर जनतालाई आफ्नो कुरा भन्न किन हिनताबोध गर्नुपर्दैन । जनतासंग जान नसक्ने भनेका जेन-जी बिद्रोहले अपदस्त गरेका , भ्रष्टाचारले गन्हाएका प्रचण्ड, केपी र देउवाका पार्टी हुन् र उनका नेताकार्यकर्ता हुन् । हामी देश र जनतालाई एक इन्च घात नगरेका मान्छे हौं । निर्धक्क भएर जनतामा जानुस , पार्टीका निति तथा कार्यक्रम बुझाएर जनतालाई एकीकृत गर्दै अघि बढ्नुपर्छ।’
उक्त कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य एवम तुलसीपुर नगर इन्चार्ज प्रदिप सीले जनतालाई पार्टीको दृष्टिकोण बुझाउन प्रशिक्षण महत्वपूर्ण हुने बताए । उनले भने– ‘ संगठनको तागतले जुनसुकै पहलकदमी लिन तयार हुनेगरी नेताकार्यकर्ता परिचालन हुनुपर्छ । पार्टीले चुनावलाई संघर्षको साधनका रुपमा प्रयोग गर्दैछौँ। चुनावमा दुइवटा अति छन् , एउटा बहिस्कारको अति अर्को संसदीय भाषमा पुग्ने , यी दुबै अतिबाट हामि अलग छौँ । चुनावलाई पनि एकीकृत जनक्रान्तिको कार्यदिशामा संघर्षको मोर्चा बनाएर जनताको पक्षमा काम गर्ने हो । बिरोधिहरुले पार्टीविरुद्ध गरेका बेमौसमी हल्लाहरु चुनावपछि हराएर जानेछन् ।’

उक्त कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सविन सीले माओवाद त्याग्नेहरुलाई अगाडि सारेर माओवादी आन्दोलन नचल्ने बताए । उनले भने – ‘नयाँ विचार , निति , कार्यक्रम र नेतृत्वमा माओवादी आन्दोलनको रक्षा गर्न सकिन्छ । प्रचण्ड-माधव , झलनाथको नेतृत्वमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्दैन , जनताले पत्याउदैनन । अब इमानदार माओवादीहरु , क्रान्तिकारी योद्धाहरु घर फर्किनुपर्दछ । माओवादी ,जनयुद्धको लिगेसी अब हाम्रो पार्टीले मात्रै बचाएको छ । प्रचण्डहरुले माओवाद त्यागिसकेका छन् । जनयुद्धमा योगदान गर्ने योद्धाहरु , सहिद परिवार , घाइते योद्धा , वेपत्ता योद्धाका परिवारहरु सबै अब असली माओवादी र त्यसको विप्लवको नेतृत्वमा ध्रुबिकृत हुनुपर्दछ ।’
जेन-जी बिद्रोह जग खडा गर्ने हाम्रो पार्टी हो। भ्रष्टाचार विरुद्धको संघर्षको सुरुवात हामिले गरेका हौं । लोकमानसिंह कार्की , करछली गर्ने एनसेल , मान्छे बेच्ने म्यानपावर कम्पनीलाई हाम्रो पार्टीको नेतृत्वमा भएको हो। भ्रष्टाचार विरुद्ध बिद्रोहको जग हाम्रो पार्टी हो । भ्रष्टाचार विरुद्ध लड्दा हामिले प्रतिबन्ध खेप्यौ । २६०० नेताकार्यकर्ता बढिलाइ झुठा मुद्दा लगाइयो तर हामि झुकेनौँ निरन्तर लडिरहेका छौँ ।’
यस्तै नेता सविनले जेन-जी बिद्रोहपछि पुराना राजनीतिक पार्टीका किल्ला , संगठनहरु भत्किएको बताउदै भने – ‘०४६-०८२ सम्मका सरकारले जनता , युवा र राष्ट्रको जिवनमा आशा दिलाउन नसकेपछि मुलुकमा उकुसमुकुस थियो र जेन-जी बिस्फोट भयो । भदौ २३ र २४ मा त्यो बिस्फोट भयो । नेतृत्वविहिन बिद्रोह त भयो तर परिवर्तनका पक्षपातीहरुले खुलेर जेन-जीलाई साथ दिए । प्रचण्ड ,केपी र देउवाको नेतृत्वमा निरन्तर लुटपाट चलिरहेको थियो , त्यो लुटपाटका विरुद्धमा नेपालका नवयुवाहरुले बिद्रोह गरे । जेन-जी बिद्रोहले पुरानो भ्रष्ट राजनीतिक संयन्त्रलाइ अपदस्त गरेपनि नेपालको भ्रष्ट कर्मचारीतन्त्रलाई उखेल्न भने सकेन ।’
यसैगरी, नेता सविनले आगामी निर्वाचनमा पार्टीले झोलामा चिउरा बोकेर अभियान चलाउने समेत उद्घोष गर्दै भने- ‘संसदवादीहरु अहिलेसम्म लुटपाट गरेको पैसाको बलमा चुनावमा जानेछन् भने नेकपा (माओवादी) झोलामा चिउरा बोकेर जनतालाई समाजवादको पक्षमा अपिल गर्दै अघि बढ्ने हो । चुनावदेखि चुनाव हाम्रो राजनीति होइन् , यो हाम्रो लागि कार्यनीतिक विषय हो । चुनाव क्रान्तिको मोर्चा बन्दैछ ।’
नेकपा (माओवादी) दाङका सचिव तिलक सीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य निर्मल सी , केन्द्रीय प्रतिनिधि सदस्यहरु भुवन सी , उज्वल सी , प्रतिरोध सी , मनोज सी , रेखा सी , जिल्ला सल्लाहकार: मेघराज पाण्डे, सहिद परिवार मालती सी , बिद्यार्थी नेता नविन सी , मगर मोर्चाका केन्द्रीय सदस्य सेवेन्द्र सी लगाएतको आतिथ्यता रहेको थियो ।
नेकपा (माओवादी)का केन्द्रीय प्रतिनिधि सदस्य उज्वल सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य रुद्र सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]