एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्। उनले १६६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५६४ मत ल्याएका छन्। ओली र पोखरेलबीचको मतान्तर १ हजार ९९ रहेको छ।
त्यस्तै, एमालेको महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल विजयी भएका छन । पोखरेलले १ हजार २ सय २८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९ सय ९९ मत प्राप्त गरेका छन । त्यस्तै, उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् । ५ जना उपाध्यक्षहरु मध्ये गुरुङलाई सबै भन्दा बढी मत प्राप्त भएको छ। त्यस्तै, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । उपमहासचिवहरु मध्ये भट्टलाई सबै भन्दा बढी १ हजार ४ सय ५२ मत खस्दा रघुवीर महासेठलाई १ हजार ३ सय ६८ र योगेश भट्टराइलाई १ हजार ३ सय ४८ मत प्राप्त भएको छ।
उपमहासचिवमा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल भने पराजित भएका छन । रिमाललाई १ हजार ९१ मत प्राप्त भएको छ। त्यस्तै, सचिवमा महेश बस्नेत, पद्यमाकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित भएका हुन् । ८ जना सचिवहरु मध्ये महेश बस्नेतलाई सबै भन्दा बढी मत परेको छ।
कूल १९ जना पदाधिकारी मध्ये ईश्वर पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्रै निर्वाचित भएका छन्।
