एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज दिउँसो बस्दैछ । एमालेका महासचिव शंकर पोखरेलका अनुसार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बिहीबार अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ गराएका थिए। एमालेको महाधिवेशनले विधान संशोधन गर्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ।
