‘अबको विकल्प नेकपा (माओवादी)’

२०८२ पुष ४ गते, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी) दाङका इन्चार्ज सविन सीले अबको नयाँ विकल्प आफ्नो पार्टी भएको बताएका छन् ।
बिहिवार बबई-७ कृष्णपुरका जनतासँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् । पार्टीको जनसर्वेक्षण तथा जागरण अभियान अन्तर्गत बबई-७ कृष्णपुर स्थित सातपोखरी हुरुम सामुदायिक बन उपभोक्ता समितिका उपभोक्ताहरुलाई सम्बोधन गर्दै नेता सविनले भने – ‘जनताको जिवन बदलिएको छैन् । अलिअलि बाटोघाटो , बत्तीबिजुली त छन् तर जनताको जिवनस्तर उस्तै छ । राज्य जनताप्रति नभई दलाल पुजिपति वर्गप्रति उत्तरदायी छ । सरकारले शिक्षा बेच्छ , स्वास्थ्यमा पनि व्यापार चल्छ । हाम्रो पार्टी श्रम गर्ने पार्टी हो । श्रम , मेहनत र पसिना बगाउनेहरुसँग जोडिएका छौँ।’
‘जेन-जी बिद्रोहअघि हामिले लडेका हौं । यसको जग हामिले बसाएका हौं ,’ उनले भने, ‘बिद्रोहपछि पुराना पार्टीहरु भत्किएका छन् । जनताले नयाँ विकल्प खोजेका छन् । नयाँको नाममा कोहि घण्टी बजाउँदै , कोहि माटो समाउँदै आएका छन् ती नयाँ होइनन् । जनताको जिवनसँग जोडिएको पार्टी नयाँ हो । नेकपा (माओवादी) नै हो नयाँ विकल्पको पार्टी । जनताले एकपटक पार्टीका प्रस्तावहरुसँग सहकार्य गर्नुपर्दछ । यो प्रचण्डले भ्रष्ट बनाएको माओवादी होइन् , यो रियलमा नयाँ माओवादी हो ।’
यस्तै कार्यक्रममा बोल्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य पदम सीले जनतालाई सत्य कुरा भन्नुपर्ने बताए उनले भने– ‘यो सत्ताका कारण नागरिकहरु छट्पटीमा छन् । मुलुकले परनिर्भरताको पराकाष्ठा पार गरिसक्यो ।हामिले उत्पादनको नितिले आत्मनिर्भरताको जग बसाल्न खोजेका छौँ । यो देशलाई हराभरा बनाउन तपाईंहरुसँग सहकार्य गर्न चाहेका छौँ ।’
‘जनताको साँच्चिकै पिडा , पसिनाको मुल्य जनतासँग जोडिएको पार्टीले मात्रै बुझ्न सक्दछ ,’ उनले भने, ‘जनताको वास्तविक स्थिति हामिले बुझेका छौँ । नेकपा (माओवादी)ले बुझेको छ ।’
कार्यक्रम स्थानीयहरुले पार्टीलाई विभिन्न सुझावसहित उत्पादन नितिको खुलेर प्रसंशा गरेका थिए ।
यस्तै जनसर्वेक्षण तथा जागरण अभियानको सिलसिलामा बबई गाउँपालिका पुगेका नेकपा (माओवादी)का नेताकार्यकर्ताले सातपोखरी हुरुम सामुदायिक बन उपभोक्ता समितिका उपभोक्ताहरुसँगै बनमा सरसफाइ गरेका थिए ।
नेकपा (माओवादी) बबई गाउँपालिका इन्चार्ज उज्वल सीको सहजीकरणमा सुरु भएको कार्यक्रममा पार्टीका जिल्ला सचिव तिलक सी , पार्टीका केन्द्रीय सदस्य निर्मल सी , पार्टीका जिल्ला सचिवालय सदस्यहरु हिक्मत सी , राजु सी , पार्टीका जिल्ला सदस्य दोबाराम सी , युवा संगठन नेपाल तुलसीपुरका अध्यक्ष गणेश सी , सचिव उदय सी लगाएतको उपस्थिति रहेको थियो । -हेमन्तप्रकाश वली

प्रतिक्रियाहरु

[anycomment]