किरणलाई तत्काल रिहा नगरे जनप्रतिरोध
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले केन्द्रीय सदस्य किरणलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ। सो पार्टीका सूदुरपश्चिम प्रदेश इन्चार्ज भरत सीले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।
यस बिषयमा सूदुरपश्चिम प्रदेश इन्चार्ज भरत सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘आज पौष १५ गते हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशमा कार्यरत कमरेड रुद्रबहादुर विष्ट (किरण) लाई बाँके जिल्लाको कोहलपुरबाट प्रहरीले बिना कारण गिरफ्तार गरेको छ । पार्टी चुनावको तयारीमा जुटेको बेला जिम्मेवार कमरेडको गिरफ्तारी, केन्द्रीय कम्युनको अपरेसन पछिको दोस्रो असमान्य घटना हो। पार्टी यो कठपुतली शुसिला सरकारको चुनाव विरोधी हर्कत र गिरफ्तारीको घोर भत्सना गर्दै कमरेड किरणको यथाशीघ्र रिहाइको माग गर्दछ साथै हाम्रो पार्टीमाथिको अनावश्यक अन्यायपूर्ण दमन रोकिएन भने पार्टी जनप्रतिरोधको बाटोमा जान बाध्य हुनेछ जसबाट उत्पन्न हुने सबै परिणामको जिम्मेवार राज्यपक्ष आफै हुनेछ ।’
