मधेसमा मेचीकाली ‘समाजवादी जागरण’ अभियान सम्पन्न
काठमाडौँ । मधेश प्रदेशमा मेची- महाकाली समाजवादी जागरण अभियान -२०८२ु सम्पन्न भएको छ .। २२ गते सप्तरी जिल्ला, बनरझुलामा मधेस प्रदेशका इञ्चार्ज तथा स्थायी समिति सदस्य अनिल सी तथा स्थानिय नेता तथा जनताले अभियान टोलीलाई भव्य स्वागत गरेका थिए .पहिलो दिन सप्तरी जिल्लाको खरछुइया र सिरहा जिल्लाको गोला बजार र मिर्चिया बजारको कटारी सडकमा जनसभाहरु भए।
ती सभाहरूमा स्थानिय नेताहरु रामनाथ सी, कमल सी, किम सो, पवन सी, दोसी दिन धनुषा जिल्लाको धनुषाधाम बजार, सहिद चोक र प्रकाश शाही, प्रताप मिश्र, बलवान सी लगाएतले मन्तब्य राखेका थिए ।
त्यस्तै दोश्रो दिन धनुषा जिल्लाको धनुसाधामा बजार , सहिदचोक र जनकपुरको जनक चोकमा जनसभा भएका थिए . उक्त सभामा गौरी यादव, नवलकिशोर यादव, नवराज वास्कोटा, रमन यादव, दीपेन्द्र यादव, पवन सी, ललित सी, प्रकाश शाही, बलवान सी र जगदीश रायले मन्तव्य राखेका थिए ।
त्यसैगरी पुस २५ गते महोत्तरी जिल्ला बर्दिवासमा भएको जनसभामा जिल्ला इञ्चार्ज जनक राउत, केन्द्रीय नेताहरु नवल किशोर यादव, देवनारायण सी र एण्डिज सीले मन्तब्य राखे ।
पुस २६ गते रौतहट जिल्लाको चन्द्रनिगाहापुर बजारमा सम्पन्न सभामा शिवशंकर पाण्डे, नरबहादुर थापा, टोलीका नेता बलदेव सीलगायतले मनतब्य राखेका थिए। त्यसैगरी पुस २७ गते बारा जिल्ला सदरमुकाम कलैयास्थित भरत चौक र पर्सा जिल्ला धन्यवर वीरगन्ज, घण्टाघरमा जनसभा भए।
ती सभामा नेताहरू, दिलमहमूद सी, देवनारायण सो, एण्डिज सी, फिरोज सी, बलवान सी, दीपेन्द्र सी सनोज सीले मन्तब्य राखेका थिए। टोलीमा बलवान सी, प्रकाश शाही, ललित सी, एण्डिज सी, विवेक सी, प्रताप सी, रमेश शाही थिए । मधेस प्रदेशका १० स्थानमा जनसभा पश्चात २७ गते साँझ समिक्षा कार्यक्रम भयो र प्रदेश इञ्चार्ज अनिन सीले बिदाइ समारोहमा अभियान टोलीलाई बधाई सहित विदाई गरेका थिए ।
