नेपाली कांग्रेसद्वारा कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय
काठमाडौँ । नेपाली कांग्रेसको आज बसेको बैठकले निर्वाचन आयोगले गगन थापा गुटलाई आधिकारिकता दिएपछि कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । नेता प्रकाशशरण महतले आजको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको जानकारी दिए । उनले भने- ‘कानूनी उपचार र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छौं। हामी भोलि (आइतबार)सर्वोच्च जान्छौं ।’
नेता महतले निर्वाचन आयोगले आफूहरुलाई बोलाउँदा पनि नबोलाएर कुनै औपचारिकतासमेत पूरा नगरेर विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिएको आरोप लगाए । ‘नजिर, विधान, निर्वाचनसम्बन्धी व्यवस्था कुनै पनि पालना नगरेको हाम्रो ठहर छ’, उनले थपे, ‘अन्यायपूर्ण निर्णय भएकोले सर्वोच्च अदालतमा केस प्रस्तुत गर्छौं ।
उनले निर्वाचन आयोगले निर्णय गर्दैमा आधिकारिक नहुने भन्दै अदालत जान लागेको बताए । यसका लागि राजनीतिक प्रतिवादको पनि तयारी गरेको उनले बताए । त्यसका लागि विभिन्न स्वरुपमबारे छलफल अघि बढाएको उनको भनाइ छ ।
शुक्रबार मात्रै निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापाहरुलाई आधाकारिकता दिएको छ । आधिकारिकता पाएसँगै गगन थापाहरुले पार्टी गतिविधि सुरु गरिसकेका छन् । ।
