प्रतिनिधिसभा निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता

२०८२ माघ २१ गते, मंगलवार

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम गरिएको जानकारी दिएको छ । आयोगले यो संख्या फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूको भएको जनाएको छ । मंगलबार आयोगले क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।
निर्वाचन आयोगका अनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये रामेछापमा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ मतदाता छन् । रामेछाप एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । त्यसपछि अर्घाखाँचीमा एक लाख ७१ हजार ६५२ मतदाता छन् । अर्घाखाँची पनि एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो । सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका आयोगले जनाएको छ । मनाङमा पनि एउटा मात्र निर्वाचन क्षेत्र छ ।

प्रतिक्रियाहरु

[anycomment]