‘निर्वाचन कसैले बिथोल्न सक्दैन’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताउदै निर्वाचन कसैले बिथोल्न नसक्ने बताएका छन् । आयुक्त भण्डारीले सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको बताउदै भने- ‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ।
आयुक्त भण्डारीले विद्रोहपछि सरकार र संविधान जीवित भएको बताउदै भने- ‘पुरानो भइरहेको शक्ति र नयाँ आएका शक्तिहरूको बिचमा सन्तुलित वातावरण कायम भएन भने निर्वाचन शान्तिपूर्ण वातावरणमा हुँदैन् ।’
उनले सुरक्षाका चुनौती पहिचान गरेर सरकारसँग पटक–पटक छलफल गरिएको जानकारी दिए । उनले भने- ‘अझ निर्वाचन प्रक्रियामा भाग लिन, मतदान गर्न जाने मतदाताको सुरक्षाको विषयकेन्द्रित छलफल पनि हुँदै आएका छन्। सबै कोणबाट हेर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने आवश्यकता देखिएन,’ कावा प्रमुख आयुक्त भण्डारीले भने, ‘निर्वाचन ढुक्कसँग हुन्छ, शान्तिपूर्ण हुन्छ । यहाँ कसैले बिथोल्न सक्दैन् ।’
