अमेरिकी सैनिक कमाण्डर पापारो नेपाल आउँदै

२०८२ माघ ३० गते, बिहीबार

काठमाडौँ   अमेरिकाको इन्डोप्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो   आज साँझ  नेपाल आउँदैछन्।  नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले तीन दिने भ्रमणका लागि पापारो आज साँझ काठमाडौं आइपुग्ने  जानकारी दिए।  भ्रमणका क्रममा उनले औपचारिक भेटघाटका साथै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकनसमेत गर्ने नेपाली सेनाले जनाएको छ।  उनी पूर्वनिर्धारित कार्यक्रमबमोजिम नेपाल आउन लागेका हुन्। उनको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्ताराष्ट्रिय शान्ति स्थापना कार्यजस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]