प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न

२०८२ फाल्गुन २६ गते, मंगलवार


काठमाडौँ । निर्वाचन आयाेगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएकाे जनाएकाे छ। १ सय ६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ सय २५ सिटमा जित हासिल गरेको हाे । त्यस्तै, नेपाली कांग्रेस १८ क्षेत्रमा निर्वाचित हुँदा नेकपा एमालेले ९ स्थानमा जित हासिल गरेकाे छ। त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७ क्षेत्रमा विजयी भएको हाे । साथै हर्क साम्पाङ नेतृत्वकाे श्रम संस्कृति पार्टी तीन ठाउँमा विजयी भएको आयाेगले जनाएकाे छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक क्षेत्रमा मात्रै विजयी भएकाे हाे । साथै म्याग्दीबाट भने स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन ।

यसैबीच,निर्वाचन आयाेगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको जनाएको छ । समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै अग्रता लिएकाे हाे। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १ करोड २ लाख ३५ हजार मत गणना हुँदा रास्वपाले ४९ लाख १९ हजार मत कटाएको छ । यो कूल सदर मतको ४८ प्रतिशत बराबर हो । नेपाली कांग्रेसले १६ लाख ६५ हजार मत पाएको छ । त्यस्तै, नेकपा एमालेले १३ लाख ८३ हजार मत पाएको हाे । नेकपाले ७ लाख ४७ हजार, श्रम संस्कृतिले ३ लाख ४६ हजार मत पाउँदा राप्रपाले ३ लाख २१ हजार मत पाएको छ । यी ६ वटा राजनीतिक दलहरुले अहिलेसम्म समानुपातिक थ्रेसहोल्ड कटाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]