‘भाडा’ फेरि बढ्यो ‘भाडा’ फेरि बढ्यो

काठमाडौ, – सरकारले शुक्रबारदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका प्राविधिक उपसचिव तथा वैज्ञानिक भाडा दर समायोजन संयन्त्रका संयोजक शरद अधिकारीका अनुसार शुक्रबारदेखि लागू हुने भाडादरमा लामो दूरीका सार्वजनिक सवारी साधनको भाडा ९ प्रतिशत वृद्धि गरिएको छ । तराई क्षेत्रमा सार्वजनिक मालवाहक ट्रकको भाडादर १६ दशमलव १५ प्रतिशत बढाइएको छ भने पहाडी रुट काठमाडौं, नारायणगढ, पोखरा लगायतमा चल्ने ट्रकको भाडा ३ दशमलव २७ प्रतिशत बढाइएको छ । वैज्ञानिक भाडादरलाई असर पार्ने पेट्रोलियम र गैरपेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार मान्दै सरकारले सात महिनामै फेरि सार्वजनिक, भाडाका र मालवाहक सवारी साधन (ट्रक) को भाडा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार मानेर लामो दूरीका सार्वजनिक सवारी साधनको भाडा सात महिनाअघि ३ दशमलव ७५ प्रतिशत बढाइएको थियो । शुक्रबारदेखि लागू हुने भाडादरको प्रभाव उपभोक्तालगायत सबै क्षेत्रमा पर्ने छ । उपत्यकाभित्र र बाहिर चल्ने छोटो दूरीका सार्वजनिक सवारी साधनको सुरुको भाडादर १४ रुपैयाँबाट बढाई १५ पुर्यािइएको छ । यसको असर खाद्यान्नमा देखिने छ । अहिले नै दोहोरो अंकमा पुगेको मूल्यवृद्धि अझ चर्किने छ । सार्वजनिक मिटर जडित ट्याक्सीको भाडा भने हाल बढाइएको छैन
काठमाडौ, – सरकारले शुक्रबारदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका प्राविधिक उपसचिव तथा वैज्ञानिक भाडा दर समायोजन संयन्त्रका संयोजक शरद अधिकारीका अनुसार शुक्रबारदेखि लागू हुने भाडादरमा लामो दूरीका सार्वजनिक सवारी साधनको भाडा ९ प्रतिशत वृद्धि गरिएको छ । तराई क्षेत्रमा सार्वजनिक मालवाहक ट्रकको भाडादर १६ दशमलव १५ प्रतिशत बढाइएको छ भने पहाडी रुट काठमाडौं, नारायणगढ, पोखरा लगायतमा चल्ने ट्रकको भाडा ३ दशमलव २७ प्रतिशत बढाइएको छ । वैज्ञानिक भाडादरलाई असर पार्ने पेट्रोलियम र गैरपेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार मान्दै सरकारले सात महिनामै फेरि सार्वजनिक, भाडाका र मालवाहक सवारी साधन (ट्रक) को भाडा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार मानेर लामो दूरीका सार्वजनिक सवारी साधनको भाडा सात महिनाअघि ३ दशमलव ७५ प्रतिशत बढाइएको थियो । शुक्रबारदेखि लागू हुने भाडादरको प्रभाव उपभोक्तालगायत सबै क्षेत्रमा पर्ने छ । उपत्यकाभित्र र बाहिर चल्ने छोटो दूरीका सार्वजनिक सवारी साधनको सुरुको भाडादर १४ रुपैयाँबाट बढाई १५ पुर्यािइएको छ । काठमाडौं उपत्यका र शहरी क्षेत्रमा सञ्चालन हुने यात्रुबाहक सवारी साधनको भाडादर न्यूनतम १५ रुपैयाँ तोकेको छ भने अधिकतम २७ रुपैयाँ पु-याइएको छ । शहरी क्षेत्रमा अब प्रतिचार किलोमिटरसम्म १५ रुपैयाँ, पाँच किलोमिटरसम्म १७ रुपैयाँ, छ किलोमिटरसम्म १८ रुपैयाँ, आठ किलोमिटरसम्म १९ रुपैयाँ लाग्नेछ । यसैगरी १० किलोमिटरसम्म २१ रुपैयाँ, १३ किलोमिटरसम्म २३ रुपैयाँ, १६ किलोमिटरसम्म २५ रुपैयाँ, १९ किलोमिटरसम्म २६ रुपैयाँ र १९ किलोमिटर माथि २७ रुपैयाँ तोकेको छ । यसको अर्थ ३२ किलोमिटर लामो चक्रपथ एक चक्कर लगाउन अब २७ रुपैयाँ भाडा लाग्नेछ । नयाँ भाडादरअनुसार काठमाडौंबाट एकतर्फी रुपमा हेटांैडासम्म ४४६ रुपैयाँ, वीरगञ्जसम्म ५३१ रुपैयाँ, रौतहटको गौरसम्म ६४०, सिन्धुली ७२२, महोत्तरी ७०१, राजविराज ८६२, विराटनगर १०२६, काँकडभिट्टा ११५३, इलाम १३२५, धादिङवेशी १८०, कुरिनटार २०६, गोरखा ३०२ रुपैयाँ लाग्नेछ । यसैगरी काठमाडौंबाट एकतर्फी रुपमा बेशीशहर ३९१, पोखरा ४२०, स्याङजा ५०२, बुटवल ५१०, वागलुङग ५९८, भैरहवा ५५२, लुम्बिनी हुँदै तौलिहवा ६३४, प्युठान ८५८, तुलसीपुर ८३२, नेपालगञ्ज १००८, लिवाङ ९७३, गुलरिया १०७४, चिसापानी कर्णाली १०८२, कोठियाघाथ १११८ रुपैयाँ लाग्नेछ । काठमाडौंबाट एकतर्फी रुपमा सुर्खेत ११९२, धनगढी १२९९, महेन्द्रनगर १३०९, डडेलधुरा १५३१, सिलगढी १६४८, बैतडी १७५५, साँफेबगर १८४२ रुपैयाँ लाग्नेछ । काठमाडौंबाट एकतर्फी रुपमा दक्षिणकाली ४४, धुलिखेल ६२, पनौती ६२, त्रिशुली १७२, बल्खु हुँदै हेटौडा ४३६, बाह«विसे २०७, तातोपानी २७०, धुन्चे २९२, जिरी ५२४ रुपैयाँ लाग्नेछ । भाडावृद्धिसँगै अब प्रतिट्रक वीरगञ्जबाट काठमाडौंसम्म २१ हजार १९७, वीरगञ्जबाट पोखरा १९ हजार २७८, भैरहवाबाट काठमाडौं २१ हजार ६५१, भैरहवाबाट पोखरा पनि २१ हजार ६५१, काँकडभिट्टाबाट काठमाडौं ३८ हजार १३२, काँकडभिट्टाबाट पोखरा ३६ हजार २१३, विराटनगरबाट काठमाडौं ३५ हजार १५८ विराटनगरबाट पोखरा ३३ हजार २३९, नेपालगञ्जबाट काठमाडौं ३४ हजार १५०, नेपालगञ्जबाट पोखरा ३२ हजार २३१ रुपैयाँ तोकेको छ ।