एक वर्षभत्र चमेलियाको बिजुली बल्ने
काठमाडौँ । सन् २००६ डिसेम्बरबाट निर्माण कार्यसुरु भएको ३० मेगावाट क्षमताको चमेलियामा अबको एक वर्षभत्र बिजुली बलिसक्ने आयोजनाले जनाएको छ । बैतडी र दार्चुलाको सीमानदी चमेलियामा निर्माण भइरहेको चमेलिया जलविद्युत आयोजनाको काम पूरा हुन अझै एक वर्षाग्ने आयोजनाले जनाएको छ । सुरुङमा आएको प्राविधिक कठिनाइले आयोजना लम्बिएको आयोजनाले बताएको छ ।
आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको र सन् २०१४ को मध्यतिर चमेलियाको बिजुली बलिसक्ने आयोजना प्रमुख राजेन्द्र मानन्धरले बताए । आयोजना निर्माणका क्रममा चार हजार ६७ मिटर सुरुङमध्ये केही भाग भास्सिएकाले ढिलाइ भएको उनले जानकारी दिए । ‘सुरुङ निर्माणको काम अब सकिनै लागेको छ,’ मानन्धरले भने ‘अगस्ट २०१३ को लक्ष्य भएपनि करिब एक वर्षम्बिने देखिएको छ ।’ आयोजनाका अनुसार टावर निर्माणका क्रममा बैतडीदेखि कैलालीसम्म पाँच जिल्लामा १० हजार रुख कटान गरिएका छन् । चमेलिया आयोजना स्थलदेखि कैलालीको अत्तरियासम्म १३३ केभी क्षमताको १३१ किमी प्रसारणलाइनमा टावर निर्माणको काम सम्पन्न भइसकेको छ ।
सुरुमा साढे आठ अर्बलागतमा निर्माण हुने भनिएको चमेलिया दर्ुइ वर्षन्दा बढी समय थपिँदा यसको लागत साढे १२ अर्ब पुग्ने आयोजना प्रमुख मानन्धरको भनाइ छ । आयोजनाले अहिले नै भन्न सकिने अवस्था नरहेको बताए पनि नेपालका अन्य आयोजनामध्ये चमेलियाको बिजुली महङ्गो पर्ने अनुमान गरिएको छ । लामो सयमदेखि निर्माणाधीन अवस्थामा रहेको चमेलिया जलविद्युत छिटो निर्माण हुनुपर्ने स्थानीयवासीको भनाइ छ । देशमा र्याप्त लोडसेडिङ कम गर्न सुदूरपश्चिमको आर्थिक उन्नतिका लागिसमेत चमेलिया यथाशीघ्र निर्माण हुनुपर्ने दार्चुला रिठाचौपाताका वीरेन्द्र जोशीले बताए ।