सर्वोच्चमा न्यायाधीश थपिने

काठमाडौं,– न्यायापरिषदको बैठकले सर्वोच्च अदालतमा ५ जना अस्थायी न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले सर्वोच्चबाट म्याद नथपिएर बाहिरिएका ५ जना अस्थायी न्यायाधीशलाई पुन नियुक्त गर्ने निर्णय गरेको कानुन मन्त्री एवं परिषद सदस्य हरि न्यौपानेले जानकारी दिए ।मन्त्री न्यौपानेका अनुसार न्यायाधीशहरु प्रकाश वस्ती, बैद्यनाथ उपाध्याय, ज्ञानेन्द्र वहादुर कार्की, तर्कराज भट्ट र भरतबहादुर कार्कीलाई पुननियुक्ति गर्ने निर्णय भएको हो ।न्यायपरिषदको निर्णयसँगै सर्वोच्चमा १० जना न्यायाधीश भएका छन् ।