फास्ट ट्रयाकको प्रारम्भिक ट्रयाक खुल्यो

२०६९ चैत्र ३१ गते, शनिबार

काठमाडौँ । काठमाडौँ-तर्राई-मधेस द्रूतमार्ग -फास्ट ट्रयाक) को प्रारम्भिक ट्रयाक खोलिएको छ । छयहत्तर किलोमिटर लामो काठमाडौँ-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पर्ूव-पश्चिम राजमार्गमा जोडिने ट्रयाक खोल्न सरकारले २०६६ सालमा नेपाली सेनालाई जिम्मा दिएको थियो । । दायाँ-बायाँ ५०-५० मिटर चौडाको दू्रतमार्ग चार लेनको हुनेछ । पाँच वर्षभत्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त राजमार्गको कुल निर्माण लागत रु. ७६ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त दू्रतमार्गमा साना ठूला गरी ९६ वटा पुल निर्माण गरिनेछन् । सो दू्रतमार्गमा निर्माण हुने सबै पुलको लम्बाइ मात्र जोड्दा पनि ०९.६ किमीको हुनेछ । यस्तै मकवानपुरको ठिङ्गनमा १.६ किलोमिटर लामो सुरुङसमेत निर्माण गरिनेछ । निजी साझेदारीको अवधारणाअनुरूप सञ्चालन हुने दू्रतमार्ग निर्माणका लागि सरकारले पनि केही रकम व्यहोर्नेछ । उक्त मार्गनिर्माणका लागि सरकारले बोलपत्र आहृवान गरेकामा तीनवटा कम्पनीले त्यसमा मन्जुरी देखाइसकेको बताइएको छ । ती प्रस्ताव छनोटसम्बन्धी प्रक्रिया पूरा गरेर आगामी मंसिर-पुसदेखि निर्माण कार्य थाल्ने गरी सरकारले कार्ययोजना बनाइरहेको छ । दू्रतमार्गको निर्माण कार्य पूरा भएपछि तर्राईबाट राजधानी आउन दिनभर खर्चिनुपर्ने दूरी र समय घटेर डेढ घण्टामा सीमित हुनेछ । दू्रतमार्गमो निर्माणले राजधानी एवं पर्ूर्वी तर्राईका साथै समग्र मुलुकको विकासमा कायापलट आउने दाबी गरिएको छ । दू्रतमार्ग निर्माणपछि राजधानीलगायतका क्षेत्रमा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्र खर्च हुँदै आएको रकममा वाषिर्क रु १० अर्ब बचत हुने बताइएको छ । प्रारम्भमा ट्रयाक खोल्ने क्रममा रेखाङ्कन गरिएको क्षेत्रमा परेका रुख कटानका लागि थुप्रै पक्षसँग समन्वय गर्नुपर्ने र मुआब्जा वितरणसम्बन्धी विषयले केही समस्या सिर्जना गरिदिए पनि राजनीतिक दलको सहयोग र र्समर्थन लिएर नेपाली सेनाले त्यसलाई पार लगाएको थियो । त्यसैको परिणामस्वरूप सरकारले सङ्गठनलाई ठूलो विश्वासका साथ दू्रतमार्गको -र्सर्भिस ट्रयाक) खोल्न दिएको जिम्मेवारीलाई सेनाले सफलतापर्ूवक सम्पन्न गरेको छ । नेपाली सेनाले मुलुकका विभिन्न भागका नौवटा सडकको ट्रयाक खोलेर सरकारलाई हस्तान्तरण गरिसकेको छ भने तीनवटा सडकको काम पूरा गरी हस्तान्तरणको चरणमा रहेको जनाएको छ । फास्ट ट्रयाकसहित दर्ुइवटा सडकको ट्रयाक खोल्ने काम सेनाले गरिरहेको छ । गुल्मीको रुद्रवेणीदेखि हर्मीचौरसम्मको अक्कर क्षेत्रको सडक निर्माणको कामसमेत नेपाली सेनाले पाएको छ । सेनाले निर्माण गरेका सडकहरू व्यवस्थित, दिगो र कम खर्चमा छिटो निर्माण हुने भएकाले पछिल्लो समयमा सरकारले सेनालाई महत्वपर्ूण्ा सडकहरूको निर्माणको जिम्मा दिँदैआएको छ ।
आर्थिक वर्ष२०६६/६७ को बजेट वक्तव्यमा भौतिक योजना मन्त्रीको संयोजकत्वमा द्रूत मार्गनिर्माणका लागि ट्रयाक खोल्न सात सदस्यीय सुझाव समिति गठन गरिएको थियो । समितिको प्रतिवेदनअनुसार अत्यन्त अप्ठ्यारो र असजिलो ठाउँमा ७.५ र अन्य ठाउँमा १२ मिटर चौडा रहेको ट्रयाक खोल्न नेपाली सेनाले जिम्मेवारी पाएको हो । विसं २०६६ कातिक २३ गते शिलान्यास गरिएको सो दू्रत मार्गनिर्माणको प्रगतिबारे दर्जनाँै पटक उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरी आवश्यक जानकारी लिएको थियो । सेनाले दू्रतमार्गको ट्रयाक खोल्न दर्ुइजना प्रमुख सेनानीको नेतृत्वमा करिब तीन सयको संख्यामा सैनिक जनशक्ति खटाएको छ । पछिल्लो पटक भौतिक पर्ूवाधार तथा यातायात र सहरी विकास मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला नेतृत्वको टोलीले खोलिएको ट्रयाकको वस्तुस्थितिबारे जानकारी लिँदै बाराको निजगढमा बन्ने अन्तर्रर्ााट्रय विमानस्थलको पर्ूवाधारको एउटा कडीका रूपमा ट्रयाक निर्माण पूरा भएको र यसले अब दुबै काम सम्पन्न गर्न सजिलो तुल्याउनुका साथै मार्गनिर्माण हुने सुनिश्चितता प्रदान गरेको प्रतिक्रिया दिएको छ । ट्रयाक खोल्ने क्रममा सडकमा परेको जग्गाको मुआब्जाका लागि सरकारले हालसम्म रु. ९६ करोड निकासा गरेकामा रु. ४५ करोड वितरण भइसकेको छ । ललितपुरको खोकनाको सात किलोमिटर क्षेत्रमा मुआब्जा विवादका कारण पहिले रेखाङ्कन गरिएभन्दा फरक ठाउँ बाग्मती किनारबाट बाटो लगिने भएको छ । सरकारले नेपाली सेनालाई ट्रयाक खोल्ने प्रयोजनका लागि हालसम्म रु. ८२ करोड उपलब्ध गराइसकेको छ । ट्रयाक खोल्ने कामसँगै दू्रतमार्गनिर्माणको कामले पहिलो चरण पार गरेको छ । ट्रयाक खोल्ने क्रममा बाटोमा परेका रुख कटान गर्नु परेकाले सोको सोधभर्नास्वरूप नेपाली सेनाद्वारा त्यस क्षेत्रमा करिव दुइ लाख ५० हजार विरुवा रोपिएका छन् । ट्रयाक खोलिए पनि परियोजना निर्माणबाहेक उक्त मार्गमा तत्काल र्सार्वजनिक सवारी साधनलाई खुला भने नगरिने बुझिएको छ । अत्यन्त जटिल भू-बनोट र कठिनाइ रहँदारहँदै ट्रयाक खोल्ने काम पूरा गर्न पाएकामा सिङ्गो सङ्गठन गौरवान्वित भएको बताउँदै महासेनानी उद्धव बिष्टले भने- आउँदो वैशाख महिनाको अन्त्यसम्ममा सो मार्ग सरकारलाई हस्तान्तरण गरिनेछ । ट्रयाक खोलिएसँगै द्रूतमार्ग आसपासका जनताले बाँदर लड्ने भीरमा समेत यति चाँडो गाडी चलेकामा चकित हुँदै बाँकी काम पनि छिटो पूरा गर्न सकिए मुलुकको विकासका लागि दू्रतमार्ग चमत्कारी साबित हुने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]