नक्कली नम्बर प्लेट राखने पक्राउ

२०७० बैशाख २१ गते, शनिबार

काठमाडौँ – प्रहरीले नक्कली नम्बर प्लेट राखी गाडी चलाउने तीन जनालाई पक्राउ गरी कारवाहीका लागी भन्सार कार्यालय बुझाएको छ । एउटै नम्बर टाँसेर काठमाडौँ उपत्यकामै दुईवटा गाडीहरु गुडिरहेका छन भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडाँैबाट खटिएको टोलीले नक्कली नम्बर प्लेट अंकित गाडी र त्यसको धनीहरुलाई पक्राउ गरेको हो ।बरामद गरेको गाडी मंहगो मुल्य पर्ने होन्डा सिटीको हो । अभियुक्तहरुले बरामद गाडीमा बा.९ च ६९९२ नम्बर राखी चलाएका थिए । बरामद गरेको कारमा भेटिएको दर्ता किताबमा उक्त कार बौद्धनाथ हाउजिङ्ग डेभलपर्स प्रा.लि.को नाममा दर्ता भएको देखिन्छ । तर उक्त विवरण यातायात व्यवस्था कार्यालयमा भिडाउदा अर्कै व्यक्तिको नाम देखिन्छ । गाडी र यातायात कार्यालयमा विवरण फरक पर्न गएकोले उक्त कार चोरीकै भएको आंशकामा प्रहरीले रामशरण कार्की, केशव पुडासैनि र दिवस भन्ने श्याम नारायण श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ गरिका अभियुक्तहरु र कारलाई प्रहरीले आवश्यक कानूनी कारवाहीको लागी भन्सार कार्यालय गौचरण काठमाडौमा बुझाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]