कलंकी-कोटेश्वर सडक विस्तार जेठदेखि
काठमाडौँ । चीन सरकारको आर्थिक सहयोगमा दश ‘लेन’मा विस्तार हुन लागेको साढे नौ किलोमिटर लामो कलङ्की-कोटेश्वर सडक खण्डको र्सर्वेक्षण द्रूत गतिमा अघि बढेको छ । आगामी जेठ ४ गतेदेखि सडक विस्तारको काम थालिने भएकाले तीन सदस्यीय चिनियाँ प्राविधिक टोलीले तीव्र गतिमा र्सर्वेक्षणको काम अघि बढाएको हो । सडक निर्माता कम्पनी साङघाइ कन्स्ट्रक्सन ग्रुपका ती प्राविधिक युद्धस्तरमा र्सर्वेक्षणमा लागेका तथा आउँदो जेठ ४ देखि चिनियाँ कामदारले निर्माण एवं विस्तारको काम थाल्ने चक्रपथ विस्तार परियोजनाका प्रमुख अशोक तिवारीले बताए । साङघाइ कन्स्ट्रक्सन ग्रुपले निर्माण उपकरणलगायत सामग्री केही दिनभित्रै यहाँ ल्याइसक्ने जानकारी दिँदै उनले उक्त कम्पनीलाई ललितपुरको सुन्दरीघाटमा कार्यालय स्थापनाको अनुमति सरकारले दिएको जानकारी दिए । सुन्दरीघाटमा उक्त कम्पनीले कार्यालय, निर्माण उपकरण, सामग्री र दुइ सय चिनियाँ कामदार राख्नेछ । पहिलो चरणमा नमूनाका रुपमा बल्खु-कलङ्की र एकान्तकुना-कोटेश्वर खण्ड विस्तार गरिने छ । कलङ्की-कोटेश्वर सडक विस्तारका निम्ति सरकारले नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणलाई सडक किनारमा ठड्याइएका खम्बा र पानीका पाइप व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ । त्यसैगरी, काठमाडौँ उपत्यका नगर विकास आयुक्तको कार्यालयले पनि १५ दिने र्सार्वजनिक सूचना जारी गरेर उक्त खण्डका घरटहरा एवं अन्य भौतिक संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । चार करोड ५० लाख अमेरिकी डलरको लागतमा निर्माण हुने उक्त सडक खण्डको सम्पूण् व्ययभार चीन सरकारले व्यहोर्ने छ । दुइ वर्षघि तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ नेपाल भ्रमणमा आएका बेला नेपाल र चीनबीच चक्रपथ विस्तार गर्ने सहमति भएको थियो ।