मछिन्द्रनाथको रथजात्रा सुरु

२०७० बैशाख ३० गते, सोमबार


काठमाण्डौं । मछिन्द्रनाथको रथजात्रा आज बाट सुरु हुने भएको छ । पुल्चोकमा गत शुक्रबार रथारोहण गरिएको रथलाई आज पुल्चोकबाट बाजागाजाका साथ गाबहालमा पुर्या इने छ ।रथ तान्नुअघि आजै रथमा स्वस्ति शान्ति तथा गाईदान गर्ने कार्यक्रम रहेको छ । रथ साँझबाट तान्न सुरु गरिने गुठी संस्थान ललितपुरले जानकारी दिएको छ ।रथजात्रामा पाटनका तत्कालीन सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लका ऐतिहासिक खड्गलाई मछिन्द्रनाथको रथमा राखिनेछ । जात्रामा बाजागाजा र सार्दूलजंगको पल्टन सम्मिलित हुनेछ । १२ वर्षसम्म पानी नपरी अनिकाल परेपछि पानी पार्न भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललितपुरका ज्यापू भई भारत, असमको कामरुप कामाक्षबाट मछिन्द्रनाथलाई ल्याइएको विश्वास गरिन्छ । मछिन्द्रनाथको जात्रा लामो जात्राका रुपमा परिचित छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार

आज विश्व वातावरण दिवस

२०८२ जेष्ठ २३ गते, बिहीबार

आज चट्याङ्गसहित वर्षाको सम्भावना

२०८२ जेष्ठ २३ गते, बिहीबार