सर्भेक्षक सिलवाल अख्तियारको हिरासतमा

काठमाडौँ, – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न सेवाप्रदायक सरकारी निकायहरुमा अनुगमन गरी सेवाग्राहीलाई सेवा प्रदान गर्दा पारदर्शी एवम् छिटो छरितो ढङ्गले काम गर्न निर्देशन दिएको छ । आयोगको टोलीले राजधानीस्थित वैदेशिक रोजगार विभाग, राहदानी विभाग, बाग्मती अञ्चल यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडाँै, मालपोत कार्यालय डिल्लीबजार र चाबहिलमा अनुगमन गरेको थियो । आयोगद्वारा जारी विज्ञप्तिमा आयोगमा आएका गुनासाहरुलाई सम्बोधन गर्नका लागि नियमितरुपमा अनुगमनमा जाने र आवश्यक कारबाही अघि बढाउने जनाइएको छ । त्यस्तै आयोगले काठमाडौँ महानगरपालिका–२९ बस्ने आशाकाजी महर्जनको उजुरीमाथि निगरानी एवम् अनुसन्धानको सिलसिलामा आजै नापी कार्यालय डिल्लीबजार पुगेको निगरानी टोलीले सर्भेक्षक श्याम सिलवालले सेवाग्राही महर्जनबाट रु सात हजार घुस लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरी आयोगको हिरासतमा ल्याएको छ । यसैगरी विगतमा आयोगद्वारा भएको निर्देशन १५ दिनभित्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।