सरकारी वकिलको घुस प्रकारण (भिडियो सहित)
काठमाडौं । कुरा केही समय आगाडी को हो । एउटा पीडित महिला न्याय खोज्दै जिल्ला अदालत काठमाडांैमा पुगिन । त्यहाँ कार्यरत सरकारी वकिल रेशम आचार्यले मुद्धा हेरेछन् । पीडितसँग सरकारी http://youtu.be/17jDRmoHB-Iवकिलले पटक–पटक घुस माग्दा पीडितले आफूले दिन नसक्ने बताइन ।
तर, मुद्धा नै हराईदिन्छु भनेपछि उनी मागेजति घुस दिन तयार भइन ।
उनले घुस पनि दिइन । सरकारको तर्फबाट उनै आचार्य वकिल सायबले मुद्धा हरेका थिए । मुद्धा सराउदै उनलाई हैरान बनाइयो । एकदिन बयन दिन काठमाडौं जिल्ला अदालत पुगेकी पीडितलाई उनै वकिलले पेशी सरेको भन्दै घर फर्काए लगत्तै उनको अनुपस्थितिमा विपक्षमा फैसला सुनाए ।
पीडितले मेरै पैसा खाने मलाई नै मुद्धा हराउने भनेपछि घुस फिर्ता गर्ने सहमति भयो । आफूभन्दा बढि विपक्षीबाट घुस खाएर आफूलाई हराएको आरोप पीडितको छ । ति सरकारी वकिल सायबले पीडितलाई घुस फिर्ता गर्न सम्पर्क मिलाएको यो अडियो हो । हामीसँग भिडियो पनि छ ।
ति पीडित महिला न्यायको लागि अख्तियार, सतर्कता केन्द्र, ठूला छापा र विद्युतिय संचारमाध्यमका कार्यलयमा पनि पुगिन तर कसैले आफ्नो कुरा नसुनेको उनको गुनासो छ ।
पीडित महिला को हुन र वकिल कस्ता छन् भन्ने कुरा थाहा पाउन भिडियो हेर्नुस् click http://youtu.be/17jDRmoHB-I