जुत्ताको सोलमा १७ किलो सुन

२०७० जेष्ठ २ गते, बिहीबार


काठमाडौं–। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले जुत्ताको सोलमा लुकाएर ल्याएको सुनसहित जोरपाटीबाट चार जना पक्राउ गरेको छ। तिब्बतबाट स्थलमार्ग हुँदै तस्करी गरिएको १७ किलो सुनसहित नाम्ग्याल शेर्पा, सोनु शेर्पा, ज्ञानु शेर्पा र सोनम शेर्पालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।सुन र विदेशी मुद्रा तस्करीमा त्रिभुवन विमानस्थलमा खटिएका दुई प्रहरी र एसएसपी रविराज श्रेष्ठ बर्खास्त भएर विमानस्थलको सेटिङ भत्किएपछि कारोबारी स्थलमार्गमा सक्रिय भएका थिए।
पछिल्लो समय सुन तस्करहरुले हवाई मार्ग छाडेर तातोपानी–खासा स्थलमार्गको प्रयोग गर्दै सुन तस्करी गर्दै आएका थिए।स्रोतका अनुसार उनीहरु तातोपानीबाट कोटेश्वरसम्म सुपर एक्सप्रेसको गाडीमा आएका थिए। कोटेश्वरवाट बौद्धसम्म ट्याक्सीमा पुगेका उनीहरुबारे सूचना पाएको काठमाडौं परिसरको विशेष टोली पुगेर सुन र तस्करीमा संलग्न सबैलाई पक्राउ गरेको छ।राजधानीभित्र तस्करीको सुन फेला परेको यो दोस्रो पटक हो। यसअगाडि ठमेलमा पाँच किलो सुनसहित सहयोगी पक्राउ परेका थिए। तर कारोबारी अहिलेसम्म पक्राउ परेका छैनन्। खासाबाट गाडीमा राखेर ल्याइएको सात किलो सुन काभ्रे प्रहरीले बरामद गरेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार