यस्तापनि हाकिम …

२०७० जेष्ठ २ गते, बिहीबार

काठमाडौं , आफ्नै कार्यालय सहयोगीलाई शरिरमा तेल मालिस गर्न लगाउने र भित्री बस्त्र धुन लगाउने बैतडीको एक सरकारी कार्यालयका प्रमुखबिरुद्ध कार्यालयकै कर्मचारीले उजुरी दिंदा पनि स्थानीय प्रशासनले ती कार्यालय प्रमुखलाई कारबाही नगरेको कर्मचारीहरुले गुनासो गरेका छन् ।
जिल्ला पशु सेवा कार्यालयका कार्यालय सहयोगीले कार्यालय प्रमुख नन्दलाल वर्माले राती तेल मालिस गर्न बाध्य पार्ने गरेको सार्वजनिक गरेपछि कार्यालयका कर्मचारीहरुले प्रमुख वर्मालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन दिएका थिए ।तर प्रमुख जिल्ला अधिकारीले कर्मचारीहरुको आन्तरिक मामिला भएकोले विवाद नगर्न भन्दै निवेदन उपर कुनै सुनुवाई नगरी पशुसेवा कार्यालयका प्रमुखलाई संरक्षण दिएको गुनासो गर्दै पशु सेवा कार्यालयका कर्मचारीहरुले संचारमाध्यममा गुनासो गर्दै पत्र लेखेका छन् ।‘कार्यालय प्रमुख नन्दलाल वर्माले आफ्नो माथिसम्म पावर छ भनी कर्मचारीलाई धम्काउने, कार्यालय सहयोगीलाई तेल मालिस गर्न बाध्य पार्ने र बाख्रा वितरण कार्यक्रममा किसानहरुबाट कमिसन खान गरेका छन् ।’ कर्मचारीहरुले गुनासो गर्दै पत्रमा लेखेका छन् ‘माथिल्लो निकायको पावर छ भन्दै गैरजिम्मेवार काम गर्दा पनि स्थानीय प्रशासन र क्षेत्रीय कार्यालयले कुनै कारबाही गरेका छैनन् ।’जिल्ला पशु सेवा कार्यालयबाट शंकरपुर गाविसमा २०६९ फागुन महिनाभित्रै वितरण गर्नु पर्ने बाख्रा प्रमुखले पैसा खाएर अन्यत्र बाँड्ने योजना बनाएको पशुसेवा कार्यालयका कर्मचारीले बताएका छन् ।प्रमख वर्माले कार्यालयको आर्थिक, प्रशासनिक र कर्मचारीको नति नियमावलीलाई चुनौति दिदैं कार्यालयमा बमण्डर मच्चाउने गरेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार