आज समलिङ्गी–तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस

२०७० जेष्ठ ३ गते, शुक्रबार


काठमाडौ,– आज समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।विश्व स्वास्थ्य संगठनले सन् १९९० मे १७ मा समलिङ्गी तेश्रोलिङ्गीलाई रोगको सूचिबाट हटाएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।२०६३ सालमा पहिलो पटक नेपाल सहित १४ वटा देशले समलिङ्गी तेश्रोलिङ्गी घृणा विरुद्धको दिवस मनाउन शुरु गरेका हुन् । संसारका ८० वटा देशमा समलिङ्गी तेश्रोलिङ्गीलाई गैरकानुनी व्यवहार गर्ने गरिएको उनीहरुले गुनासो गरेका छन् ।दिवसको अवसरमा समलिङ्गी तेश्रोलिङ्गीको संस्था नील हिरा समाजले दिउँसो २ बजे राष्ट्रिय नाँचघर जमलमा विशेष कार्यक्रम गर्दैछ । नेपालमा चार लाख भन्दा धेरै समलिङ्गी तेश्रोलिङ्गी रहेको समाजले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार