अदुवाको मूल्य आकाशियो

२०७० जेष्ठ ४ गते, शनिबार

काठमाडौँ । इलाममा अदुवाको भाउ अहिलेसम्मकै उच्च भएको छ । अदुवा रोप्ने मौसम सुरु हुनासाथ मूल्य प्रतिमन -४० किलोको एक मन) रु. चार हजार ५०० पुगेको छ । ‘अदुवाको मूल्य अहिलेसम्मकै उच्च हो, बिव्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले भने, ‘मूल्य उच्च भए पनि अदुवा आएको छैन ।’ उत्पादनको सुरुमा प्रतिमन रु. एक हजार ५०० देखि दुइ हजारसम्म पुगेको थियो । किसानले अदुवा रोपिसके पनि थोरै मात्रले उच्च मूल्यमा बिक्री गर्न पाउने भएका छन् । किसान गोपीकृष्ण तिम्सिनाका अनुसार गतवर्षपनि अदुवाको मूल्य उच्च भएका समयमा किसानले बारीबाटै कलिलै अदुवा बिक्री गरेका थिए । राम्रो गुणस्तरको अदुवाको मूल्य रु. पाँच हजार छ । यस वर्षभारतको पञ्जाव, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको व्यापारीहरू बताउँछन् । गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । मौसममा आठ ट्रकसम्म अदुवा सङ्कलन गरेर बिक्री गर्ने गरेका फाकफोक-९ का दिपीन लुइँटेलले पनि यस पटक अदुवाको मूल्य उच्च भएको बताए । विगत वर्षेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । मेची राजमार्गले छोएका जिल्लाका व्यापारिक केन्द्रहरू कोल्बुङ, हर्के, फिक्कल, तीनघरे, इलाम, बिब्ल्याँटे, राँकेलगायतका स्थानमा प्रतिमन रु. एक हजार ५०० मा मात्र अदुवा खरिद-बिक्री भइरहे पनि यस पटक मूल्य उच्च भएको छ । जिल्लाका ग्रामीण भेगमा अधिकांश किसानले अदुवाखेती गर्दै आएका छन् । घर खर्च चलाउनदेखि छोराछोरी पढाउन र अन्य आर्थिक कारोबार गर्नसमेत अदुवाको व्यावसायिक खेती गर्दै आएका छन् । इलाममा तीन हजार ७५ हेक्टर जमिनमा अदुवाखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । गत वर्षजल्लामा ४७ हजार चार सय ७५ मेटि्रकटन अदुवा उत्पादन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार