१ सय ६ वर्षमा नागरिकता
काठमाडौं ,कपिलवस्तु जिल्ला हथौसा–७ भड्हिवा निवासी नन्दीदेवी गैरेले १ सय ६ वर्षमा घरैमा नारिकता पाप्त गरेकी छन् ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको कोपवामा संचालनमा रहेको घुम्ती शिविरअन्तर्गत उनलाई प्रशासकीय अधिकृत पुरन गिरीले नागरिकता प्रदान गरेका छन् । नागरिकता प्रदान गर्दै अधिकृत गिरीले हालसम्म यति लामो समयसम्मको उमेरको नागरिकलाई नागरिकता प्रदान नगरेको बताए । वि.स १९६४ साल चैत १४ गते पर्वत जिल्लाको तत्कालीन मैदान गाविस ५ मा जन्मेकी गैरेको थुमपोखरा ४ स्याङ्गजामा विवाह भएको र उनी २०३८ सालमा कपिलवस्तु बसाईसराई गरि आएकी थिइन् ।
२०५२ सालमा जिल्ला विकास समितिले सामान्य परिचय पत्र दिएको र सोहीको आधारमा वृद्धा भत्ता खाँदै आएपछि नागरिकताको जरुरी नपरेकाले हालसम्म नपाएको उनका छोरा कुल प्रसाद गैरेले बताए ।