नक्कली नोटसहित पक्राउ

२०७० जेष्ठ ७ गते, मंगलवार


काठमाडौ ,। सीमा क्षेत्रमा नक्कली नोट कारोबारको गतिविधि बढेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले अभियान नै चलाएको छ । नक्कली नोट नियन्त्रण अभियानकै क्रममा हिजो अञ्चल प्रहरी कार्यालय नारायणीले वीरगन्जको पानीटङ्की चोकबाट एक लाख ७४ हजार ५०० रूपैयाँ बराबरको भारतीय नक्कली नोटसहित दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको छ ।प्रहरीले विषेश सूचनाका आधारमा झापाको कमरखोद–२ निवासी असराफुल शेख, भारत बिहार किसुनगन्ज मोहमारी निवासी करण गिरी र मोहम्मद जहरूद्दीनलाई नोटसहित पक्राउ गरिएको अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिएका छन् ।प्रहरीले उनीहरूबाट भारतीय नक्कली एक हजारको २५ थान र ५०० को दुई सय ९९ थान नोट बरामद गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार

आज विश्व वातावरण दिवस

२०८२ जेष्ठ २३ गते, बिहीबार

आज चट्याङ्गसहित वर्षाको सम्भावना

२०८२ जेष्ठ २३ गते, बिहीबार