हिमपहिरोमा परी पाँचको मृत्यु

२०७० जेष्ठ ९ गते, बिहीबार


ताप्लेजुङ – विश्वकै तेस्रो सर्वोच्च शिखर कञ्चनजंघा हिमाल आरोहण गरी फर्केका पाँच आरोहीको हिमपहिरोमा परी मृत्यु भएको छ ।हिम पहिरोमा दुई जना हङगेरियन, एक जना कोरियन र दुई जना नेपालीको मृत्यु भएको याम्फुदिन गाविस स्थित याम्फुदिन गेष्ट हाउसका छुरिम शेर्पाले बताए ।जेठ ६ गतेनै मृत्यु भएका उनीहरुको अवस्थाको बारेमा स्थानियले बिहीबार मात्रै सार्वजनिक गरेका हुन् । उनीहरुको शव अहिले सम्मपनि ७ हजार ५ सय मिटर उचाईको चौथो बेसक्याम्पमा रहेको शेर्पाले बताए । उनीहरु सेभेन समिट ट्रेकिङ एजेन्सी र छोयु टे्रकिङ एजेन्सीबाट त्यहा गएका थिए । साउथ बेसक्याम्प हुँदै आरोहण गरेको टोलिको अझै सम्मपनि उद्धार कार्य नभएको शेर्पाले बताए । तर, मृत्युहुनको नाम भने खुलेको छैन । कञ्चनजंघा संरक्षण आयोजनाले भने आफूहरुलेपनि सुनेको तर, आधिकारीक पुष्टि भइनसकेको बताएको छ ।टेलिफोन सम्पर्क नहुने उत्त स्थानबाट भरियाहरु याम्फुदिन आएपछि मात्रै आफूहरुलाई जानकारी भएको स्थानीयबासिले बताएका छन । स्याटलाईट फोनको माध्यमबाट कम्पनिलाई भने जानकारी भइसकेको स्थानीयले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]