महिलालाई पुरुषको नागरिकता !

२०७० जेष्ठ ९ गते, बिहीबार


काठमाडौं , । जिल्ला प्रशासन कार्यालय पर्वतले जारी गरेको एक नागरिकतामा गम्भीर त्रुटी पाइएको छ ।दुर्लुङ गाविस–६ की माया गुरुङलाई दिइएको नागरिकतामा लिङ्ग परिर्वतन गरी महिलालाई पुरुष बनाएको पाइएको हो । आफू महिला भए पनि नागरिकतामा पुरुष लेखिएको थाहा पाएपछि गुरुङ चार वर्षपछि नागरिकता परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय पर्वत आएकी हुन् ।‘महिलाको फोटो टाँसिएको र महिला भन्ने प्रमाणित हुँदाहुँदै नागरिकतामा ‘पुरुष’ लेखेर दिइएको छ’ उनले भनिन ।गुरुङको २०४४ साल माघ १७ गते नागरिकता जारी गरिएको भए पनि २०६६ साल भदौ २९ गते प्रतिलिपि लिएको नागरिकतामा उल्लेख गरिएको छ ।नागरिकतामा के लेखिएको छ भन्ने थाहा नभएको र हाल छोरीले विदेश बोलाएपछि पासपोर्ट बनाउन जाँदा बल्ल थाहा भएको गुरुङले बताइन । प्रतिलिपिमा २०६६ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दहालले हस्ताक्षर गरेर दिएको नागरिकतामा ‘पुरुष’ लेखिएको हो ।नागरिकतामा भएको पुरुष भन्ने शब्दले काम गर्न गाह्रो भएपछि प्रशासनमा लिएर गएको र नागरिकतामा गल्ती भएको देखेपछि एक कर्मचारीले हतारमा हातैले “म” लेखेर पठाएको गुरुङले बताइन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार