ट्याङकर दुर्घटनामा ३ जनाको मृत्यु

२०७० जेष्ठ १० गते, शुक्रबार


काठमाडौ , पेट्रोलीयम पर्दाथ बोकेर काठमाडौ आउदै गरेको ट्याङकर त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । ट्याङकर दारेचोक गाउँ विकास समिति वडा नम्बर – ३ घोप्टेभीरबाट गएराती त्रिशुली नदीमा खस्दा चालक सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ना ४ ख ३२६४ नम्बरको ट्याङकरका चालक मकवानपुर पदमपोखरीका ३८ वर्षीय गोपालसिंह लामा (वाइवा) र सनाखत हुन नसकेका अरु दुई जना छन् । शव जलेका कारण पहिचान हुन कठिनाइ भएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी जवान किरण घलेले जानकारी दिए । दुर्घटनापश्चात त्रिशुली नदी किनारमा रहेको ट्याङकर जलेर नष्ट भएको छ । दुर्घटना स्थल मुग्लीनबजारबाट ४ किलोमीटर उत्तरतर्फ पर्छ । बाटो साघुरो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार

आज विश्व वातावरण दिवस

२०८२ जेष्ठ २३ गते, बिहीबार

आज चट्याङ्गसहित वर्षाको सम्भावना

२०८२ जेष्ठ २३ गते, बिहीबार